site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
टाटाको ‘म्याजिक मनसुन’ एक्सचेन्ज क्याम्प : जुनसुकै ब्रान्डको गाडी ईभीसँग साट्न मिल्ने
SkywellSkywell

काठमाडौं । टाटा मोटर्सले जुनसुकै ब्रान्डका डिजेल तथा पेट्रोलबाट चल्ने गाडी विद्युतीय गाडी (ईभी) सँग साट्न सकिने अफर ल्याएको छ ।

साउन ८ गते सोमबारदेखि देशभर रहेका टाटा मोटर्स सोरूमहरूमा मनसुन म्याजिक अफर कार्यक्रम सुरु हुने कम्पनीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा र इन्धनको तुलनामा सस्तो विद्युत भएका कारण विश्व बजारझैँ नेपालमा पनि ईभीको प्रयोग बढ्दै गएको छ ।

ग्राहकको यसै आवश्यकतालाई ध्यानमा राख्दै ‘म्याजिक मनसुन’ एक्सचेन्ज क्याम्प सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा जुनसुकै ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने छ । यस्तै गाडीको न्यूनतम चार लाखसहितको मुल्यांकन, इन्स्योरेन्स र ८० प्रतिशतसम्म फाइनान्सिङ जस्ता सुविधा उपलब्ध हुने टाटा मोटर्सले जनाएको छ ।

यस्तै, गाडीसम्बन्धी दक्ष व्यक्तिद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिंग तथा मूल्यांकन र निःशुल्क गाडीको थप एक्सेसोरिज जस्ता सुविधा रहने कम्पनीको भनाइ छ ।

साउन ८ गतेदेखि एक हप्ता देशभर सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुममा मनसुन म्याजिक विशेष एक्सचेन्ज क्याम्प सञ्चालनमा रहनेछ । इच्छुक ग्राहकले रजिस्टर गरेरसमेत सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro