site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकृष्ण खाँणलाई थुनामा जान रोक्न सकिन्थ्यो होला किन रोकिएन ? : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भुटानी शरणार्थी प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणको बचाउ गरेका छन् । 

जारी केन्द्रीय समिति बैठकमा उनले खाँणलाई थुनामा जान किन रोकिएन भन्दै प्रश्न गरे । 

Dabur Nepal
NIC Asia

“एउटा साथी पुर्पक्षमा थुनिएको छ । उनलाई थुनामा जान रोक्न सकिन्थ्यो होला किन रोकिएन ? अदालतमा भएको कुराले गल्ती गरेको, नगरेको भन्ने कुराको निर्णय आएको छैन । पुर्पक्ष भनेको जसलाई पनि लाग्न सक्छ,” श्रेष्ठले भने, “साथीहरूले उहाँको बारेमा छलफल नगरौं । आफ्नो परिवारको सदस्य जेलमा भएकोमा सहयोग गर्नुपर्छ । निस्कोस् भनेर हामीले त्यसबारेमा लाग्नुपर्छ भन्ने मेरो भनाइ छ ।” 

उनले पार्टीमा अनुशासन हुनुपर्नेमा पनि जोड दिए । “एउटा घर चलाउन पनि अनुसान चाहिन्छ । त्यस्तै पार्टीमा पनि अनुसान भएन भने भोलिको दिनमा गाह्रो हुन्छ । हामी एक भएर गए कसैले पनि तलमाथि पार्न सक्दैन मैले मेरो रिपोर्टमा भनेको छु,” उनले भने, “हामी एक आपसमा वाक युद्ध गरिरहेका छौँ । सथर्मन र विरोध गर्ने प्रतिवाद र समर्थन गर्ने काम गरिरहेका छौँ । धेरैले फेसबुकमा स्वदेश र विदेशबाट देख्नुभएको छ । हामी प्रत्यक्ष प्रशारणमा छौँ बन्दकोठामा छैनौं एकले अर्कोलाई आक्षेप लगाएका छौँ ।” 

उनले चुनावमा ३३ प्रतिशत महिलालाई उमेदवार उठाउनुपर्ने बताए । श्रेष्ठले ०७४ मा किन खुम्चियौं भन्ने मूल्यांकन नभएको बताए । “हाम्रै साथीले एकले अर्कोलाई हराउन उधत भएकाले हामी २३ सिटमा खुम्चिएको हो । सबै ठाउँमा कांग्रेसले कांग्रेसलाई सहयोग गरेको भए २३ सिटमा खुम्चनले थिएन,” श्रेष्ठले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro