site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद चार, प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्रै हुन पाइने व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन प्रणाली सुधार आवश्यक भएको बताएका छन् । 

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले समानुपातिक प्रतिनिधित्व हुनेगरी २०१ सिटको चुनाव गरेर प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

सोनपामा जारी बैठकमा बोल्दै उनले राष्ट्रियसभा ३५ सदस्य बनाउनुपर्ने र पार्टीको चुनावमा पनि सबै सदस्यले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने बताए । 

“प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं । नेतृत्व सबै सदस्यले भोट हालेर चुन्ने व्यवस्था गरौं,” उनले भने । 

उनले चार पटक भन्दा बढी संघीय सांसद बनाउन नहुने, प्रदेशमा दुई पटक सांसद बन्ने र समानुपातिकमा एक पटक मात्रै अवसर दिनुपर्ने उनले बताए । 

“प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गरौं,” उनले भने । 

केन्द्रीय सदस्य पौडेलले कार्यसम्पादन समितिको निर्णयलाई दुई महिना भित्र अनुमोदन नभए स्वत अस्वीकृत हुने र भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्ने धारणा राखे । 

“गणतन्त्रपछिका चर्चित काण्डको छानबिन कांग्रेसले गर्नुपर्छ । गणतन्त्रपछि सबै नेताको छानबिन गर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ,” उनले भने, “व्यक्तिले कमजोरी गर्न सक्छ पार्टीले गर्न सक्दैनौं । 

०८४ को निर्वाचनमा सरकार बनाउन हामीलाई मत देउ भन्दा मत पाइँदैन । अहिले सरकारमा रहँदा हामीले यति काम गर्‍यौ र हामीलाई मत देउ भन्ने स्थिति हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro