site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वैशाख २८ को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं । नेकपा (एमाले)ले वैशाख २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममालाई निर्णयार्थ पेस हुने भएकाले अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । 

Argakhachi Cement Island Ad

“राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको ०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ,” एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्वीपमा भनिएको छ, “नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ ।”

वैशाख १९ गते प्रस्तुत भएको नीति कार्यक्रममा निरन्तर छलफल भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्