site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महामन्त्रीको प्रस्तावमा आरजुको टिप्पणी : एनजीओको ‘विसलिस्ट’ जस्तो आयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले महामन्त्रीका प्रतिवेदनलाई एनजीओको विशलिष्ट जस्तै भनेर टिप्पणी गरेकी छन् । 

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन राजनीतिक र समाज बदल्न योजना नभेटिएको बताइन् । 

बैठकमा आरजुले भनिन्, “राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरूको उपलब्धि के हो त ? क्लियर भएन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले महामन्त्रीको प्रतिवेदनमा दुरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना नदेखेको बताइन् । नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएको भन्दै त्यस अनुरुपको प्रतिवेदन भने महामन्त्रीबाट नआएको उनको भनाइ थियो । 

“राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने ? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,” आरजुले भनिन् । 

Global Ime bank

उनले कांग्रेस राजनीतिमा मात्र केन्द्रित हुँदा सरकार सञ्चालनमा भने चुक्ने गरेको बताइन् । 

“देशको गभर्मेन्ट कसरी चलिरहेको छ, हामी कति जनालाई थाहा छ ?,” आरजुले भनिन्, “हामीसँग पूर्वकर्मचारीहरू छन् । उनीहरूसँग सिक्नुपर्यो नि ! हामी सिक्दै सिक्दैनौं, चुनाव जितेर आउँछौँ । अनि सरकार चलाउँदा फेल खान्छौँ ।” 

उनले देशका सरकारहरूको अवस्था र कांग्रेसको घोषणापत्रको तुलना गरेर त्यसको सामन्जस्यता केन्द्रीय समितिबाट खोजिनुपर्ने बताइन् । 

“हाउ टु डु पोलिटिक्ट, हाउ टु रन अ गभरमेन्ट ? पार्टी र सरकारबीच जहिले पनि खाडल भयो भन्ने कुरालाई चाहीँ म कहाँ लगेर टुंग्याउन चाहन्छु भने हाम्रो घोषणापत्र, प्रदेशको बनावट र केन्द्रीय समितिका पनि कुनचाहिँ कमिटी हुन् त्यसमा बसेर हेरौँ” आरजुले भनिन्, “सोसल मिडियाको के इम्प्याक्ट परिरहेको छ सोसाइटीमा ? यसमा हाम्रो धारणापेपर बनाएर अघि बढाऔं ।” 

उनले पढ्नका लागि विदेशीने बढे भनेर कोकोहोलो गरेपछि किन गए भनेर अध्ययन भने हुने नगरेको बताइन् । 

“सबैका छोराछोरी विदेश गइरहेको छ । खाली संसद्‌मा कुरा उठ्छ सबैका छोराछोरी विदेश गयो भनेर । किन गइरहेको छ, खोइ हाम्रो रिसर्च ?,” आरजुले भनिन्, “के भयो भने यहाँ बस्छ ? नेपाली कांग्रेसले लिडरसिप लिएर अघि बढाउनुपर्छ ।” 

उनले निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र प्रश्न उठाइएन पनि समाधानका लागि छलफल भने हुन नसकेको बताइन् । “अहिले कुरा आइरहेको छ समानुपातिक काम लाग्दैन । लु हामी काम लाग्दैनौं,” केन्द्रीय समितिमा उठेको प्रश्नसँग इरिटेड हुँदै आरजुले भनिन्, “महिला महिलाबीच लडाउनुस् न त एकतिहाइ सिट । हामीले भनेपछि अरु पार्टी पनि लाइनमा आउँछन् ।” 

उनले दलितका लागि र अन्य समावेशी समूहका लागि पनि त्यसरी नै सिट आरक्षित गरे प्रत्यक्ष निर्वाचित व्यवस्थामै जान पनि सकिने बताइन् । 

“समानुपातिकमा एकपटक भन्दा नआउने राम्रो कुरा हो । तर, हामीले खोज्दै खोज्दै एकदमै जुनियर मान्छेलाई समानुपातिकमा ल्याउने अनि पार्टीमा उनीहरूले कस्तो भूमिका निर्वाह गर्छन्,” आरजुले भनिन्, “चान्स दिनुपर्छ । तर, सक्षम बनाउनका आइडियामा दिने हो नि ।” 

आरजु पनि एकपटक भन्दाबढी समानुपातिक कोटाबाट सांसद बनिसकेकी छन् । उनले विश्व राजनीतिको धुव्रीकरणले अन्तर्राष्ट्रिय चुनौती आइरहेको भन्दै त्यसको समाधानका लागि पनि कांग्रेसको अगुवाइ आवश्यक देखिएको बताए । 

“हाल ‘वर्ड’ पोलोराइज्ड भइरहेका बेला हामी कसरी बच्ने ?,” आरजुले भनिन्, “यसमा हाम्रो पार्टीले अगुवाइ गरेर एउटा नीति लिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !