site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमृत अर्यालले भने– पुस्तान्तरणको कुरा सामान्य हो नआत्तिनुस् सभापतिज्यू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता अमृत अर्यालले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा उहिलेदेखि उठ्दै आएको भन्दै अहिले उठेको आवाज सुनेर नआत्तिन सभापति शेरबहादुर देउवालाई आह्वान गरेका छन् । 

केन्द्रीय समितिको चौथो दिनको बैठकमा बोल्दै अर्यालले कुनै समय शेरबहादुर देउवा नै रुपान्तरण र पुस्तान्तरणको अभियान्ता भएको सम्झाए । 

Prabhu Bank
Agni Group
NIC Asia

“विपीले किसुनजीलाई कार्यवाहक बनाउनुभयो । विपीको कार्यवाहक बन्न पाउनु गौरवको कुरा हो भनेर किसुनजीले भन्नुभयो । किसुनजीबाट गिरिजाबाबुमा नेतृत्व गयो । त्यसपछि ‘आरएसएस’ जन्मियो,” अर्यालले भने, “आरएसएसमा रामचन्द्र पौडेल, शैलजा आचार्य र स्वयम् सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यसको  लक्ष्य पनि रुपान्तरण र पुस्तान्तरण नै थियो ।” 

उनले त्यसपछि कांग्रेसमा ‘एकेजीवी’ जन्मिएको बताए । “एकेजीवी समूहमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोसी र विजय गच्छदार हुनुहुन्थ्यो । त्यसको लक्ष्य पनि पुस्तान्तरण र रुपान्तरण नै थियो,” अर्यालले भने, “यसलाई नयाँ रूपमा र अस्वभाविक रूपमा लिनु हुँदैन ।” 

Global Ime bank

उनले नेताहरू देशभर हिँडेर अभियान चलाइरहँदा वा शालिन रूपमा प्रस्तुत भएर नेतृत्वको दाबी गर्नु दुवै स्वभाविक भएको उनले बताए । 

“शेखर कोइराला ७७ वटै जिल्लामा पाँच/सात पटक गइसक्नुभयो होला । एक किसिमको प्रभाव छोड्दै हुनुहुन्छ,” अर्यालले भने, “अर्कातिर, केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति हुनुभएका नेता पूर्णबहादुर खड्का चुपचाप शेरबहादुर दाइको पदचाप पच्छ्याउँदै हुनुहुन्छ । त्यसकारण रुपान्तरणको जिम्मा शेरबहादुर देउवाले नै लिनुपर्छ । शेरबहादुर दाइले विवेकपूर्ण निर्णय गर्नुहुनेछ । उहाँको विवेक र चातुर्यले काम गर्नेछ भन्ने लागेको छ मलाई ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !