site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा महिला विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुआत 

काठमाडौं । उद्घाटन खेलमा आयरल्यान्डलाई हराउँदै सह–आयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकपमा विजयी सुरुआत गरेको छ । 

बिहीबार अस्ट्रेलियाको सिड्नीस्थित सिड्नी ओलम्पिक रंगशलामा सम्पन्न खेलमा स्टेफानी क्याट्लेले गरेको गोल निर्णायक बन्दा घरेलु टिमले आयरल्यान्डविरुद्ध १–० को साँधुरो जित निकालेको हो । क्याट्लेले खेलको ५२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अस्ट्रेलियालाई अग्रतामा राखेकी थिइन् ।

जितसँगै तीन अंक जोडेको अस्ट्रेलिया समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा झरेको छ । यो समूहमा अस्ट्रेलिया र आयरल्यान्डसँगै क्यानडा र नाइजेरिया छन् ।

प्रतियोगितामा आजै भएको पहिलो खेलमा सह–आयोजक रहेको अर्को टिम न्युजिल्यान्डले पनि नर्वेलाई १–० ले नै हराएको थियो ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro