site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बामदेवको प्रस्ताव– दुई लाख सेना थपौँ, नेपाललाई आत्मनिर्भर बनाऔँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या कुनै हालतमा घटाउन नहुने बताएका छन्  पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्क गरे ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्न प्रस्वा गरे । त्यसो गरिए नेपाली सेनाले आगामी पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने दाबी गरे । 

"अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले गरेर देखाउँछ । र, उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन । विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ," उनले भने । 

सांसद गौतमले पार्टीको केन्द्रीय कार्य समिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गरे । उनले कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro