site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय सदस्य काफ्लेको गुनासो : हामीले मिडियाको हेडलाइन पढेर पार्टीको कार्यक्रम थाहा पाउनुपर्ने ?

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीको कार्यक्रमनै थाहा नहुने भन्दै आक्रोश पोखेका छन् ।

बुधबार सानेपामा जारी बैठकमा बोल्दै उनले मिडियामार्फत कांग्रेसले गरेको कार्यक्रम थाहा पाउनुपर्ने विडम्बना रहेको जिकिर गरे ।

उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्यले भूमिका नपाएको भन्दै मिडियाको हेडलाइनले मात्र कांग्रेस सुध्रन सक्छ भन्दै प्रश्न गरे ।

“मिडियाको हेडलाइनले मात्र कांग्रेस सुर्धन सक्छ ? पार्टी केन्द्रीय समितिले केन्द्रीय सदस्यलाई के जिम्मेवारी दिनुभएको छ ? मिडियामार्फत कांग्रेसले गरेको कार्यक्रम थाहा पाउँछौं,” उनले भने ।

केन्द्रीय सदस्य काफ्लेले तरूण दल लगायत भातृ संस्था बनाउँदा के मापदण्ड तयार गरिएको हो भन्दै प्रश्न गरे ।

“चार सयको सय तरुण दल निर्माण भएको छ । अरु भातृ संस्था बनाउँदा कति बेला केन्द्रीय समिति आउँछ थाहा हुँदैन । मापदण्ड विनाको केन्द्रीय समिति आउँदा प्रश्नै प्रश्न उठेको छ,” उनले भने ।

मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठक बुधबार पनि जारी छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro