site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिकांश इन्स्योरेन्स कम्पनीले चुक्तापुँजी पुर्‍याएनन्, कारबाही होला ?  

काठमाडौं । गएको आर्थिक वर्ष बिमा कम्पनीहरूका लागि मर्जरमय बन्यो । जीवन र निर्जीवन बिमा गरी ३९ रहेकोमा हाल घटेर २८ वटामा झरेका छन् । यो एक वर्षको बीचमा भएको हो । 

गत वर्षको असार मसान्तसम्म ‍२० निर्जीवन र १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा थिए । तर, नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीको चुक्तापुँजी बढाएपछि जीवन बिमा र निर्जीवन बिमा कम्पनी घटेका हुन् । 

हाल जीवन बिमा कम्पनी घटेर १४ वटा कायम भएको छ । निर्जीवन बिमा कम्पनीको संख्या १४ मै झरेको छ । 

प्राधिकरणले निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । त्यस्तै, जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब रुपैयाँ कायम गरेको छ । एक वर्षको बीचमा बिमा कम्पनी मर्जरमा गएका भए पनि अधिकांशले प्राधिकरणले कायम गरेको चुक्तापुँजी पुर्‍याउन सकेका छैनन् ।

विदेशी बिमा कम्पनीको शाखाका रूपमा सञ्चालित ओरेन्टियल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र मेट लाइफले भने हालको चुक्तापुँजी कायम गर्नु नपर्ने प्रधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल बताउँछन् ।

जीवन बिमातर्फ तीन कम्पनीले चुक्तापुँजी पुर्‍याएका छन् । बाँकी रहेका ११ मध्ये मेट लाइफलाई छुट छ । चुक्तापुँजी कायम गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले चुक्तापुँजी कायम गरेका छन् ।

नेपाल लाइफको चुक्तापुँजी आठ अर्ब २० करोडभन्दा बढी छ । युनियन, गुराँस र प्राइम लाइफ एक मापसमा मर्जर भई हिमालयनका नामबाट कारोबार सुरु भएको कम्पनीको चुक्तापुँजी भने सात अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । नेसनल लाइफले भने आठ प्रतिशत अर्थात् ३७ करोड १२ लाख ३४ हजार रुपैयाँ बोनस सेयर दिएर चुक्तापुँजी गरेको हो ।  

कतिपय जीवन बिमा कम्पनीहरूले मर्जर गरेर पनि चुक्तापुँजी कायम गर्न सकेका छैनन् । कतिपयले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेर चुक्तापुँजी बढाउने प्रयास गरेका छन् । 

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरूले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँसम्म प्रिमियम मूल्य थप गरेर आईपीओ निष्कासन गरेका छन् । सन नेपाल लाइफ र सिटिजन्स लाइफले पहिलो चरणमा वैदेशिक रोजगारीमा भएका नेपालीलाई प्रतिकित्ता २३९ रुपैयाँ र २४४ रुपैयाँमा आईपीओ निष्कासन गरेका छन् ।

त्यस्तै, आईएमई लाइफले भने प्रतिकित्ता २३६ रुपैयाँ ९१ रुपैयाँमा आईपीओ बिक्री गरी एक अर्ब २० करोड रुपैयाँ असुली गरिसकेको छ । 

Insurance 11689702217.png

निर्जीवनतर्फ चार कम्पनीले पुर्‍याए पुँजी

२० वटा निर्जीवन बिमा कम्पनीमा मर्जर भएर हाल १४ वटा कायम भएको छ । एक वर्षको अन्तरालमा आईजीआई–प्रुडेन्सियल, सिद्धार्थ–प्रिमियर, सगरमाथा–लुम्बिनी, हिमालयन–एभरेस्ट, युनाइटेड–अजोड र सानिमा–जीआईसी इन्स्योरेन्स एक आपसमा मर्जरमा गए । 

यी कम्पनी मर्जरमा गएपछि केहीको चुक्तापुँजी पुग्यो भने केहीले अझै चुक्तापुँजी पुर्‍याउन कसेका छैनन् । मर्जरमा गएर पनि  सानिमा जीआईसी, युनाइटेड अजोड र हिमालयन एभरेस्ट इन्स्योरेन्सले प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्‍याउन सकेका छैनन् । 

आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चुक्तापुँजी कायम गरेका छन् । 

Nirjiban1689737690.jpg

चुक्तापुँजी कायम नगरेकालाई कारबाही हुन्छ ? 

प्राधिकरणले असार मसान्तसम्म बिमा कम्पनीहरूलाई तोकिएको चुक्तापुँजी कायम गर्न समय दिएको थियो । तर, १८ वटा बिमा कम्पनीले भने चुक्तापुँजी पुर्‍याउन सकेनन् । मर्जरमा गएर पनि चुक्तापुँजी नपुर्‍याउने कम्पनीलाई भने प्राधिकरणले केही राहात दिने बताइएको छ । मर्जरको पहल नगर्ने र तोकिएको पुँजी कायम नगर्ने कम्पनीलाई भने ऐन अनुसार कारबाही गरिने बताइएको छ ।

प्रवक्ता पौडेलका अनुसार प्राधिकरणको बैठकबाट के कारबाही गर्ने भनेर टुंगो लगाइने छ । “जसले चुक्तापुँजी पुर्‍याउन प्रयास गरे ती कम्पनीलाई हामीले राहत दिनुपर्छ । तर, मर्जरमा पनि नजाने अनि चुक्तापुँजी पुर्‍याउन केही नगर्ने कम्पनीलाई भने कारबाही गरिने छ,” उनले भने । 

राष्ट्रिय बिमा संस्थान कम्पनीमा गएर पुँजी पुर्‍याउनुपर्ने

हाल राष्ट्रिय बिमा संस्थानको चुक्तापुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष प्राधिकरणले राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ खारेज गरी संस्थानलाई एक वर्षभित्र कम्पनीमा रूपान्तरण गर्नुपर्ने व्यवस्था गरेको थियो । जसनुसार संस्थानले आफ्नो चुक्तापुँजी यो वर्षभित्र पुर्‍याउनुपर्ने छ । संस्थानलाई प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्‍याउन चार अर्ब ८१ करोड ९८ लाख रुपैयाँ आवश्यक छ । सो रकम संस्थानले पब्लिक र प्रमोटरमार्फत उठाउन सक्छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro