site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सुरक्षा कारबाहीमा चार आतंकारी मारिए
Sarbottam CementSarbottam Cement

पुन्च (जम्मुकश्मीर) । भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार आतंककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११.३० बजे आतंककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बिहानैदेखि सुरक्षा बल र आतंककारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतंककारी विदेशी आतङकवादी भएको अनुमान गरिएको छ । उनीहरूको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ ।

गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतंकवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो । आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई आतंककारी मारिएका थिए ।

Global Ime bank

सुरक्षाकर्मीले आतङ्वादीबाट एके ७४ राइफलसहित भारी मात्रामा हतियार र गोला बारुद नियन्त्रणमा लिएका थिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement