site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । 

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो । आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि मिसाइलहरू प्रहार गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्