विदेश
काठमाडौं । ह्युस्टनमा गत बिहीवार राति आएको आँधीबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । ह्यारिस काउन्टी सेरिफको कार्यालयले यसबारेमा जानकारी दिएको हो ।
अमेरिकाको चौथो ठूलो सहरको उत्तरपश्चिममा साइप्रस नजिकै १०० माइल प्रतिघण्टा (१६० किलोमिटर प्रतिघण्टा) सिधा–रेखा हावा चलेको र डाउनटाउनमा फसेको इएफ–१ आँधीले व्यापक क्षति पुर्याएको पुष्टि भएको छ ।
ह्युस्टनका मेयर जोन ह्विटमायर र ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोका अनुसार रिकभरी हुन केही हप्ता लाग्नेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १०:११
प्रतिक्रिया दिनुहोस्