विदेश
काठमाडौं । इजरायलका मन्त्री बेन्नी गान्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा स्ट्रिपमा युद्धपछिको योजना नल्याए राजीनामा दिने चेतावनी दिएका छन् ।
६ वटा रणनीतिक लक्ष्यसहितका योजना ल्याउनका लागि उनले ८ जुनसम्मको समयसीमा समेत दिएका छन् । त्यसमा गाजामा हमासको शासनको अन्त्य र सो क्षेत्रमा बहुराष्ट्रिय नागरिक प्रशासनको स्थापना लगायतका विषय रहेका छन् ।
त्यसबारेमा प्रधानमन्त्रीले यसको अर्थ इजरायलको पराजय हुने भन्दै टिप्पणी गर्न अस्वीकार गरेका थिए । बीबीसी
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ ११:०२
प्रतिक्रिया दिनुहोस्