site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोटो पत्रकारका लागि तीनदिने तालिम सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । फोटो पत्रकारका लागि काठमाडौंमा तीनदिने तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को सहकार्यमा मंगलबारदेखि काठमाडौंमा पत्रकारका लागि तीनदिने फोटो पत्रकारिता तालिम सुरु भएको हो ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै, तालिममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता, यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जनाएको छ ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन बिटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

सहभागीलाई बुधबार सुन्धारा, वसन्तपुर, रानीपोखरीलगायतका स्थानमा लगी प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथा तालिम संयोजक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro