site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'टोलटोलमा कांग्रेस' अभियान चलाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष 'टोलटोलमा कांग्रेस' अभियान चलाउने प्रस्ताव भएको छ ।

आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले प्रत्येक वर्ष माघ १२ गते पर्ने पार्टी स्थापना दिवसमा 'टोलटोलमा कांग्रेस' अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

जसअनुसार पार्टीको कुनै पदमा बहाल रहेको प्रत्येक व्यक्तिले आफू क्रियाशील रहेको वडामा रक्तदान, सरसफाइजस्ता कुनै न कुनै सामाजिक कार्यक्रममा सरिक हुनुपर्ने छ ।

पार्टी स्थापनाको दिन ६,७४३ वटै वडाले कुनै एक सामाजिक कार्यक्रम आयोजना गर्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै, सोही दिन पार्टीको केन्द्रीय सभापति, पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति र गाउँ नगरपालिका कार्यसमितिमा रहेका सदस्य आफू क्रियाशील सदस्यता रहेको वडामा पुग्नुपर्ने छ । वडाले आयोजना गरेको सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने छ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro