site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण हुने, तय भयो १० एजेन्डा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले १० वटा एजेन्डा तय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेदेखि बस्नेछ । यो बैठकलाई पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भएको सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले बैठक ‘लाइभ’ गराउने प्रस्ताव राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो एजेन्डा त हैन, तर सभापतिज्यूले प्रस्ताव गर्नुभएको छ । यसमा दुईपक्षीय राय छ । सभापतिको प्रस्ताव भएपछि बैठक लाइभ होला जस्तो देखिन्छ,” मन्सुरले भने ।

बैठकले केन्द्रीय समिति बैठका लागि १० वटा एजेन्डा तय गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माअनुसार बैठकको पहिलो एजेन्डा समसामयिक विषय रहेको छ । जसमा आर्थिक, सामाजिक, परराष्ट्र, सुशासनलगायत विषयमा छलफल हुनेछ ।

Global Ime bank

यस्तै, बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ । तेस्रो एजेन्डामा कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने, गोपालमान श्रेष्ठ नेतृत्वको निर्वाचन परिचालन समितीको प्रतिवेदन प्रस्तुत हुनेछ ।

महामन्त्री शर्माका अनुसार नीति अधिवेशनको मिति र स्थान तोक्ने, २७ विभागबाट संख्या बढाउने र उनीहरुको नाम र कार्यक्षेत्रको विषयमा छलफल हुने, राष्ट्रव्यापी अभियानको घोषणा, आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिको प्रतिवेदन पेस, रमेश लेखकद्वारा सदनमा सम्पादन भएका कामहरूको प्रतिवेदन पेस गर्ने र उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे जानकारी गराउने एजेन्डा तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय