site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ : राजेन्द्र लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दुराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक पदयात्रा कार्यक्रममा सहभागी भएका उनले यस्तो बताएका हुन् ।

उनले हिन्दुराष्ट्रको मुद्दा बहुसंख्यक नेपालीले उठाएकाले उनीहरूलाई बुझाउनका लागि पदयात्रा गरिएको उल्लेख गरे । राप्रपाले सनातन, धर्म, संस्कृतिको रक्षार्थ र हिन्दुराष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम उनले बताए ।

शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना आफूहरूले चाहेको उनले बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दुराष्ट्र हटाइएको जिकिर गरे । अब सच्चिन उनले राजनीतिक दलहरूलाई आग्रह पनि गरे ।

राजतन्त्र फर्कने कुरा जनतामा निर्भर हुने उनले बताए । “हामीले उठाइरहेको हिन्दुराष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा हो । जसको मुद्दा हो, उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । राप्रपाले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दुराष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ । यो अब निरन्तर चलिरहन्छ । हामीले कसैको सिको गर्नुपर्ने छैन । हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ । शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना चाहन्छौँ,” उनले भने, “हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ कि विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निष्कर्षमा लैजान सक्दैनौँ, जुनसुकै बाटोबाट भए पनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ । राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दुराष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन । यसमा राजनीतिक दृष्टिकोणमा हिन्दुराष्ट्र पुनःस्थापनालाई राखेको छ । हिन्दुराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो । धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ ।”

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro