site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमई लिमिटेडले आईपीओ निष्कासन गर्न दियो निवेदन

काठमाडौं । रेमिटेन्स कम्पनी आइएमई लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न गएको शुक्रबार बोर्डमा निवेदन दिएको हो ।

उक्त आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइएमई लिमिटेड आइएमई ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी हो । यो कम्पनीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकाल हुन् ।

कम्पनीले युरोप, अमेरिका, दक्षिण कोरिया, मलेसिया, बराइन, जापान, कुवेत, कतार र यूएईबाट रेमिट्यान्स भित्र्याउन स्थानीय रेमिट्यान्स कम्पनीसँग सझौता गरेर काम गरिरहेको छ । आइएमई नेपालको पहिलो रोमिट्यान्स कम्पनी हो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro