site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको हो ।

त्यस्तै, पहाडि बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.०९ प्रतिशत भाडा कम गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्