site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आँधीका कारण एक हजार ५०० भन्दा बढी उडान रद्द
फाइल तस्बिर ।

न्युयोर्क । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । 

आँधीबेहरी र भारी वर्षाका कारण न्युयोर्क र न्युजर्सीका प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडान अवरुद्ध हुनुका साथै ‘ग्राउन्ड स्टप’ गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।

Dabur Nepal
NIC Asia

न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको फ्लाइट ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ ।

न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् ।

सहरको अर्को विमानस्थल लागार्डिया विमानस्थलमा रद्द भएका उडानहरूको संख्या २७० पुगेको छ ।

बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आइतबार साँझ आएको आँधीबेहरीका कारण विमानस्थलका धेरै उडान अवरुद्ध बनेका छन् । फ्लाइटअवेयरको तथ्यांकानुसार करिब २६० उडान रद्द भएका छन् ।

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतबार भारी वर्षाका कारण न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया, डेलावेयर र मेरिल्यान्डका केही भागमा बाढी र विद्युत् आपूर्ति बन्द भएको थियो । पाँच करोड ६० लाखभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन् । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro