राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दलित समुदायको नागरिकताको थरअनुसार शैक्षिक प्रमाणपत्र पनि फेरिने व्यवस्था मिलाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकतामा एउटा र सर्टिफिकेटमा अर्को थर हुँदा विद्यार्थीलाई समस्या भएको बताए ।
०५१ सालमा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलेको कार्यकालमा दलितको थरअनुसार नागरिकता दिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।
“नागरिकता फेरिने, शैक्षिक प्रमाणपत्र नफेरिने कारण ठूलो मारमा परेका छन्,” उनले भने, “नागरिकताअनुसार उसको सर्टिफिकेट पनि फेर्ने नियम परिवर्तन गर्न सभामुखमार्फत अनुरोध गर्दछु ।”
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १५:२८
प्रतिक्रिया दिनुहोस्