site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफ्रिकामा वाग्नर ग्रुपले गर्‍यो खानी कामदारको उद्धार

काठमाडौं । रुसी निजी भाडा कम्पनी वाग्नर ग्रुपका लडाकुले मध्य अफ्रिकामा सुन खानीमा काम गर्ने चिनियाँ नागरिकको उद्धार गरेको छ

वाग्नर ग्रुपले गत हप्ता टेलिग्राममा एक वक्तव्य जारी गर्दै उद्धार गरेको जानकारी गराएको हो ।

Dabur Nepal
NIC Asia

वाग्नरले मध्य अफ्रिकी गणतन्त्रको बम्बारी नजिकै चीनले सञ्चालनमा ल्याएको खानीमा काम गरिरहेका व्यक्तिको उद्धार गरेको हो । गत मार्चमा यो सुन खानीमा अज्ञात बन्दुकधारीले ९ चिनियाँ नागरिकको गोली हानी हत्या गरेको थियो ।

जुलाई १ मा वाग्नरले स्थानीय लडाकुले आक्रमणको तयारी गरिरहेकोबारे खुफिया जानकारी पाएको जनाएको छ । त्यसपछि चिनियाँ दूतावासले वाग्नर ग्रुपलाई सम्पर्क गरेको थियो । त्यसको भोलिपल्ट वाग्नरले आफ्ना लडाकुलाई खानी क्षेत्रमा खोजी गर्न पठाएको थियो ।

दुई दिनपछि खानी कामदारको उद्धार गरी राजधानी बान्गुईमा लगिएको वाग्नरले जनाएको छ । उद्धारपछि लिएको भनिएको फोटोमा वाग्नर लडाकुको छेउमा चिनियाँ कामदारहरू रहेको देखिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन २९ मा ३५ जना वाग्नर कमाण्डरलाई क्रेमलिनमा बोलाएको केही दिनपछि यो अपरेसन भएको बताइएको छ । पुटिनले वाग्नरका नेता येभगेनी प्रिगोजिनलाई समेत जुन २३ को विद्रोहपछिको अवस्थामा बोलाएका थिए । बैठक वाग्नरको भविष्यबारे छलफल गर्न बोलाइएको भनिए पनि के कुरा भयो भन्ने सार्वजनिक गरिएको छैन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro