site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानी बलरसामु निरीह नेपाली ब्याटर

काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली ब्याटर पाकिस्तानी बलरसामु निरीह बनेका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टिमले १९ ओभरको समाप्तिमा ९१ रन जोड्दा आठ विकेट गुमाइसकेको छ । 

सुरुआतदेखि नै धराशायी बनेको नेपाली इनिङ्समा कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७ रन जोडे ।

गुल्सन झाले १३, ओपनर आसिफ शेखले १२ र हाल क्रिजमा रहेका सोमपाल कामीले ११ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सोमपालसँगै हाल क्रिजमा रहेको प्रतिश जिसी पाँच रनमा खेलिरहेका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेलले चार, कुशल भुर्तेल र पवन सर्राफ समान एक रनमा आउट भए । भीम सार्की डकआउट भए ।

पाकिस्तानका साहनवाज दाहानी र मोहम्मद वसिमले समान चार विकेट लिएका छन् ।

प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउत ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro