site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिसा शंकास्पद देखिएपछि कुवेत हिँडेका ११७ जनालाई विमानस्थलबाट फकाईयो

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ ।

सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।

“भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्काे कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो । उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप प्रक्रिया अघि बढ्नेछ,” उनले भने ।

भिसा स्टाटसमा पनि ‘ओइटिङ फर एप्रुवल’ (स्वीकृत हुन बाँकी) भनेको कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले बताए ।

यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आइरहेको छ । भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकहरूलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro