site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकार कायमै रहने, दीर्घकालीन असर गर्ने निर्णय गर्न नपाउने
SkywellSkywell

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

अन्तरिम आदेश जारी भएपनि अहिलेको सरकार कायमै रहने छ । तर, दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न रोक लगाइएको छ ।

"अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेस गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ," आदेशमा भनिएको छ । 

KFC Island Ad
NIC Asia

पूर्वमहान्याधिवक्ता रमेश बडालले कोसी सरकारको अभिष्य अन्तिम सुनुवाइपछि टुंगो लाग्ने बताए ।

“सर्वोच्च अदालतले सरकार खाली हुँदैन भनेर सरकार कायम गरिदियो । तर, फुलफ्लेज्ड सरकार होइनौ भनिदिएको छ,” बडालले बाह्रखरीसँग भने, “आगामी साउन ७ गते देखि निरन्तर सुनुवाइ भएर फैसला आउने भएकाले कोसी सरकारको भविष्य त्यहीबाट निर्धारित हुने छ ।”

Royal Enfield Island Ad

गएको बिहीबार सभामुखसमेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर भएको रिटमा संविधानविपरीत सरकार गठन भएको दाबी गरिएको छ । 

रिटमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

356391036_1615194645638740_4082261209734836991_n1689166429.jpg

360855276_781351123769308_9129958716098935194_n1689166429.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro