राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
तर, अहिलेको सरकार कायमै रहने छ । दीर्घकालीन असर पर्ने खालका निर्णय पाउन रोक लगाइएको छ ।
गएको बिहीबार सभामुखसमेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर भएको रिटमा संविधानविपरीत सरकार गठन भएको दाबी गरिएको छ ।
रिटमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १८:२९
प्रतिक्रिया दिनुहोस्