देश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजापछिको ग्रेडवृद्धि परीक्षा आगामी साउन २६ र २७ गते गर्ने भएको छ ।
बोर्डले सूचना जारी गर्दै एसईईमा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको दुईवटा विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने जनाएको छ ।
दुईवटा विषयमा अनुपस्थित विद्यार्थीले पनि सो परीक्षा दिन पाउनेछन् । परीक्षार्थीले साउन २१ गतेसम्म अनलाइन फर्म भरिसक्नुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्