site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दलहरूको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई छैन : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पारेका छन् ।

एमाले वाग्मती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले भने, “दलहरूको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई छैन । एमालेको ध्यान मिसन ८४ मा छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गरे । उनले चौतर्फी धेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको बताए ।

ओलीले वैशाख २४ गते पेस गर्नुपर्ने मिटरब्याज कानुनसम्बन्धी अध्यादेश अन्तिम दिनमा पेस गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गरे । उनले भने, “मिटरब्याजसम्बन्धी कानुनलाई अघि नबढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको छ ।”

Global Ime bank

संसद् चलाउन एमालेले पहल गर्दा पनि आफूलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि ओलीले बताए । उनले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने  र त्यस बाटोमा नहिँड्ने जिकिर गरे । कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement