site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्धको रिट श्रेष्ठको इजलासमा 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । रिटको सुनुवाइ १४औँ नम्बरमा रहेको छ ।

यसअघि दुईपटक सुनुवाइ तोकिए पनि ‘हेर्न नभ्याउने’ हुँदै स्थगित भएको थियो । आज पनि रिटमाथि सुनुवाइ हुने÷नहुने टुंगो छैन ।

गएको बिहीबार सभामुख समेतलाई समेटेर प्रदेश सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन गरिएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro