site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुथेली बुखरी स्मलको आईपीओ आजदेखि बिक्री खुला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६८ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणतर्फको १० प्रतिशत सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ हजार ९३ कित्ता र कर्मचारी तथा सामूहिक लगानी कोषलाई दुई हजार ४३७ कित्ता सुरक्षित गरी बाँकी एक लाख एक हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन अवधि छिटोमा यही असार २९ गतेसम्म रहनेछ । उक्त अवधिमा मागानुसार आवेदन नपरे साउन ९ गतेसम्म बिक्री खुला रहनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ ।

Global Ime bank

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरोसेयर वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

यो कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी ०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

कम्पनीको वित्तीय अवस्था र मूल्य रेन्ज
कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ २०७८/७९ को अन्त्यसम्म १४९ रुपैयाँ ६७ रुपैयाँ छ । उक्त अवधिसम्म प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा पाँच करोड ८१ लाख ७१ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको नाफा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

यो कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार १४९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँसम्ममा खुल्ने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पहिलो कारोबारका लागि सूचीकृत कम्पनीलाई वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय