site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई बास्कोटाको प्रश्न : तिरङ्गा झण्डा उचाल्ने कि चन्द्र सूर्य ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको झण्डा उचाल्ने कि नेपालको भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले दुई करोड ९१ लाख नेपाली जनता र संसद्ले प्रधानमन्त्री बनाएको कि भारतले भन्दै प्रश्न गरे । “अरू कसैको साथ र सहयोगमा प्रम बनेँ भन्दा हामीले प्रश्न उठायौँ । अहिले म सोध्छु, तपाईंले तिरङ्गा झण्डा उचाल्ने कि चन्द्र सूर्य उचाल्ने ?”

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहको पुस्तक विमोचनमा आफूलाई एकपटक प्रधानमन्त्री बनाउन सिंह पटक पटक भारत गएको भन्दै नेपालमा बन्ने सरकार भारतको इसारा र सहजतामा बन्ने आशयको टिप्पणी गरेका थिए । जसका कारण एमालेले संघीय संसद् चल्न दिएको थिएन ।

सोमबार बैठक चलाउने सहमति भएपश्चात् आकस्मिक समयमा बोलेका उनले पार्टी रहे पनि नरहे पनि देशको सार्वभौम सत्ता भने कमजोर हुन नहुने जिकिर गरे । उनले प्रधानमन्त्रीले नेपाली जनता र एमालेलाई विश्वास दिलाउन माग गर्दै प्रम प्रचण्डको मौनता स्वीकार्य नहुने बताए ।

सांसद बास्कोटाले मिटरब्याजसम्बन्धी अध्यादेशमा पनि एमालेलाई गलत देखाउन खोजिएको बताए । ५७ दिनमा सदनमा आइपुग्दा समेत एमालेले संशोधन नहाली सहयोग गरेकोमा एमाले यसको विपक्षमा भएको भन्दै किन गलत प्रचार भयो भन्दै प्रश्न गरे ।

“हामीले संशोधन समेत गरेनौँ, कुनै अवरोध गरेनौँ । तर, हामीमाथि औँला उठाउने ? कहाँनेर भयो ? दुनियाँलाई भन्नुपर्यो, यति गम्भीर विषय उठाएपछि,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro