site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो, कुन प्रदेशमा कति क्षति ?

काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४१९ जनाले ज्यान गुमाएका छन् । चट्याङकै कारण  छ करोडभन्दा बढीको आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोसी प्रदेशमा १०८ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, वाग्मती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । 

Argakhachi Cement Island Ad

चट्याङका कारण ६ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोसी प्रदेशमा करिब दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णाली प्रदेशमा २३ लाख ९२ हजार चार सय ३० रुपैयाँको क्षति पुगेको प्राधिकरणले जनाएको छ । 

लुम्बिनी प्रदेशमा ९२ लाख ३८ हजार तीन सय ३०, वाग्मती प्रदेशमा ७९ लाख ८२ हजार, मधेस प्रदेशमा ५९ लाख ७९ हजार, गण्डकी प्रदेशममा ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति पुगेको छ ।

चट्याङका कारण मुलुकभर कुल ५७ वटा भौतिक पूर्वाधार क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा चारवटा क्षति भएको छ । कोसी प्रदेशमा १४, कर्णाली प्रदेशमा सात, मधेस र बागमती प्रदेशमा छ/छ र सुदूरपश्चिम प्रदेशमा पाँचवटा पूर्वाधारमा क्षति पुगको छ । 

पाँच वर्षको अवधिमा कुल तीन हजार एक सय ८७ वटा पशुचौपायाको क्षति भएको छ । जसमध्ये कर्णाली प्रदेशमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा आठ सय ४७, कोसी प्रदेशमा दुई सय ८९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ७१ र वाग्मती प्रदेशमा ७२ वटा पशुचौपायामा क्षति भएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्