site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वी राजमार्गका मापदण्डविपरीतका संरचनामा महानगरको डोजर 
SkywellSkywell

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकदेखि विजयपुर खोलासम्म पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डभित्रका संरचनामा डोजर चलाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड हाल दुई भागमा विस्तार कार्य गरिँदै छ । सडक विस्तारकै लागि राजमार्गको दायाँबायाँ पर्ने २९ मिटरभित्रका संरचनामा महानगरले डोजर चलाएको हो ।

KFC Island Ad
NIC Asia

महानगरका मेयर धनराज आचार्यले हिजो (आइतबार) नै फेसबुकमा स्टाटस लेखेर सोमबारदेखि ती संरचना हटाउन सुरु गरिने बताएका थिए । उनका अनुसार मापदण्डभित्र परेका संरचना हटाउन एक महिनाअघि नै सूचना जारी गरिएको थियो । तर, अटेरी गरिएकाले डोजर चलाउनुपरेको हो । स्थायी र अस्थायी गरी तत्काल ६० संरचना हटाइने उनले जानकारी दिए ।

दातृनिकाय एडीबीले यो सडकमा लगानी गरेको छ । सडकको अवस्था बुझ्नका लागि एडीबीको टिम आउनुअगावै राजमार्गको ‘राइट अफ वे क्लियर’ गर्न थालिएको मेयर आचार्यको भनाइ छ । उनका अनुसार एडीबीको टिम बुधबार पोखरा आउँदै छ ।

Royal Enfield Island Ad

विजयपुरदेखि लेखनाथ क्षेत्रमा मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro