site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : सांसद केसी
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले आगामी बैठक बस्नुअगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यलाई दिनुपर्ने बताए ।

समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभएर जानकारीका लागि पनि सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए । समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसद्को समितिको अपमान हुने बताउँदै उनले संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए ।

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro