site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन, संसद् बैठकको समय दुई घण्टा सारियो 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको समय सारिएको छ । बैठकको समय दुई घण्टाका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख घिमिरेलाई टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेका थिए ।

“प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,” उनले भने, “टेलिफोन संवादमा सम्माननीय सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको छ ।”

सदनको जारी अवरोध हटाउने विषयमा अहिले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro