देश
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–१ मा आज सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ३६ वर्षीया महिलालाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना पश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १२:१३
प्रतिक्रिया दिनुहोस्