site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पश्चिम बंगाल ग्राम पञ्चायत निर्वाचन : कार्यकर्ता हत्याको आरोप
तस्बिर : द इन्डियन एक्सप्रेस ।

कोलकाता । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै ग्राम पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।

शनिबार बिहान मतदान सुरु भएपछि पश्चिम बंगालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेको भन्दै उक्त दलले रोष प्रकट गरेको छ ।

Dabur Nepal
NIC Asia

“हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुईजना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो ट्विटर पोस्टमा टीएमसीका एक नेताले भनेका छन् ।

शुक्रबार राज्यका परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा चार राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए ।

यसैबीच, एएफपीका अनुसार चुनावी पश्चिम बंगालको चुनावी अभियानका क्रममा शनिबार भएका राजनीतिक झडमा सातजनाले ज्यान गुमाएका छन् । दर्जनौँ व्यक्ति घाइते भएका छन् । झडपमा सत्तारूढ दल तृणमूल पार्टीका पाँचजना मारिएका प्रहरीले जनाएको छ ।

राज्यभरका विभिन्न गाउँहरूमा मतदानसम्बन्धी हिंसामा सातजनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका पश्चिम बंगालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले हालैका वर्षहरूमा पश्चिम बंगालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । १० करोड ४० लाख जनसंख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro