site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । 

Dabur Nepal
NIC Asia

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ । 

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । 

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार ४७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro