site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोट खेलेर नेपाली टिम स्वदेश फिर्ता 

काठमाडौं । जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।

शुक्रबार स्वेदश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट (संघ क्यान)का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायत पदाधिकारीले स्वागत गरेका थिए । छनोटको आठौं स्थानमा रहेको नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्यान्ड्ससँग पराजित हुँदा अमेरिकालाई मात्र हराएको थियो । 

यस्तै, सातौं स्थानको प्लेअफमा नेपालले यूएईलाई हराउँदा आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुंग्याएको थियो ।

स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचेअनुसारको नतिजा नआए पनि धेरै अनुभव प्राप्त भएको बताए । 

“सोचजस्तो नतिजा आएन । तर, धेरै कुरा सिक्न पायौं । विशेषगरी टेस्ट राष्ट्रसँग खेल्न पाउँदा नयाँ अनुभव संगाल्ने मौका पायौँ । उनीहरूसँगको प्रतिस्पर्धा नै राम्रो थियो । टेस्ट टिमलाई जित्न मलाई लाग्छ सबै क्षेत्रमा राम्रो गर्नुपर्छ । तर, हामीले हरेक दिन एक कुरा मिस गरिरहेका थियौं । अब आउने प्रतियोगिताहरूमा त्यस कुरालाई सुधार गर्नेछौं,” रोहितले भने ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro