site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विद्रोह गर्ने निजी सेना कम्पनी वाग्नरका नेता रूसमै फर्किए
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले रूसी निजी सेना कम्पनी वाग्नर समुहका नेता येभगेनी प्रिगोजिन देश फिर्ता भएको बताएका छन् । उनले अहिले प्रिगोजिन रूसी सहर सेन्ट पीटर्सबर्गमा भएको बताएका हुन् ।

गत महिना रूसमा वाग्नर समूहले सशस्त्र विद्रोह गरेको थियो । तर, बेलारूसी राष्ट्रपति लुकाशेन्कोको मध्यस्थतामा भएको वार्ताले एक दिनमै विद्रोह शान्त भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी र बेलारूसी मिडिया प्रतिनिधिसँगको भेटमा लुकाशेन्कोले रूस र युक्रेनलाई कुनै पूर्वशर्तबिना वार्ताको टेबलमा आउन सुझाव दिएका छन् ।

उनले भनेका छन्, “हामी अब रोकिनु पर्छ। हामीले पहिले नै धेरै गलत काम गरिसकेका छौं। यो अझै खराब हुनसक्छ । त्यसैले अब रोकिनुपर्छ ।”

Global Ime bank

यस्तै, अर्को हप्ता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनअघि युक्रेनले रूसविरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्ने उनको भनाइ छ ।

यसबीच युक्रेनको पश्चिमी सहर ल्भिभको एउटा अपार्टमेन्टमा रूसले गरेको मिसाइल आक्रमणमा चारजनाको मृत्यु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement