site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेताहरूको पशुपति यात्रा– राजनीतिक सन्देश कि धर्म ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले मंगलबार सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा एउटा भिडियो र केही फोटो सेयर गरे ।  भिडियो १९ सेकेण्ड लामो छ । भिडियो र फोटोमा थापा शुभेच्छुकहरुसँगै पशुपतिनाथ मन्दिर परिसरमा भएको साँझको आरती अवलोकन गरिरहेको देखिन्छ ।

भिडियो र फोटोहरु सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका पनि छन्, ‘आजको सुन्दर संयोग ! आज गुरु पूर्णिमा साथै मेरा राजनीतिक गुरु स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्म जयन्ती ! यो अवसरलाई हामीले पशुपति मन्दिर परिसरमा दीप प्रज्वलन एवं वाग्मती गंगा आरती गरेर मनायौं ।’ 

थापाले सेयर गरेको भिडियो र फोटोमा सयौंले प्रतिक्रिया जनाएका छन् । प्रतिक्रिया दुवैथरी छन्– सकारात्मक र नकारात्मक । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्विटरमा राखिएको उनको भिडियोमा शशांक रेग्मीले आफू हिन्दु राष्ट्र र धर्मनिरपेक्षता दुवैको विपक्षमा रहेको जनाउँदै प्रतिक्रिया जनाएका छन्, ‘सार्वजनिक व्यक्तिहरु जसरी हिन्दू पपुलिस्ट धार समात्दै छन् त्यसले एउटै कुरा प्रष्ट छ– भारतको आम चुनाव पहिले नै हिन्दु राष्ट्र घोषणा गरिँदैछ ! बदनाम राजसंस्था जोडिएकोले ढिलो भएको होला !’

भिडियो र फोटोलाई लिएर आलोचना गर्नेहरुले उनको पुरानो भिडियो पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

Global Ime bank

उक्त भिडियोमा केही वर्षअघि भाषण गर्ने क्रममा थापाले भनेका छन्, ‘यो २१औं शताब्दी हो महाराज, यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने नाथे हत्यारा राजाको के कुरा ।’
पशुपतिनाथ गएर भिडियो तथा फोटोहरु सामाजिक सञ्जालमा सेयर गर्नेमा कांग्रेस महामन्त्री थापा एक्लो भने होइनन् । 

पछिल्ला वर्षहरुमा आफूलाई धर्मविरोधी मान्ने नेताहरु पशुपतिनाथ मन्दिर गइरहेका छन् । नेताहरुमा पशुपतिनाथको आकर्षण बढ्दो छ ।  यसअघि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल गत जेठ २७ दलवलसहित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए । 

उनको सचिवालयले भने यसलाई अवलोकन भनेको छ ।

भारत भ्रमणबाट फर्केलगत्तै उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । उनको साथमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायत थिए । 

भारत भ्रमणका बेला उनले गेरु वस्त्र लगाएर उज्जैनस्थित एक मन्दिरमा पूजा गरेको तस्बिर सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो ।  फर्केलगत्तै भारत भ्रमणमा आफूसँगै गएका मन्त्रीहरुलाई साथ लिएर उनी पशुपतिनाथको दर्शन गर्न गएका थिए । 

धेरैले उनको यस क्रियाकलापलाई भारतलाई खुसी बनाउन गरेको भनी व्याख्या समेत गरे ।  केहीले भने नेपालकै हिन्दुहरुलाई प्रभावित गर्न उनले यस्तो कदम चालेको समेत बताए । 

‘मोदीलाई खुसी पार्न बाहेक अरु केही होइन,’ दाहालको सचिवालयले फेसबुकमा रहेको ‘क.प्रचण्ड’ पेजमा पशुपतिनाथको अवलोकन गरेको फोटोहरु राखेकोपछि अनुप तामाङले त्यही प्रतिक्रिया जनाएका छन् । 

दाहालझैँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफू प्रधानमन्त्री हुँदा २०७७ माघ महिनामा पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।  उनले विशेष पूजा गर्दै सवा लाख दीप प्रज्ज्वलन गरेका थिए ।  दर्शन गरेपछि ओलीले पशुपतिनाथको मन्दिरमा जलहरी राख्न सरकारले ३० करोड रुपैयाँ दिने घोषणा समेत गरेका थिए । 

त्यसपछि पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राखिएको थियो । अहिले यही जलहरी राख्दा ठूलो भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।  प्रधानमन्त्रीको शपथ लिँदा ईश्वरको नाम उच्चारण गर्न नमान्ने कम्युनिस्ट नेताहरुको पशुपतिनाथ मोहले धेरैलाई आश्चर्यमा पारेको छ । 

विभिन्न वहानामा पशुपतिनाथको दर्शन गर्न जानेमा नयाँ दलका नेता पनि पछि परेका छैनन् । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुअघि पशुपतिनाथको दर्शन गरेका थिए ।  उनी २०७९ असार ७ गते पशुपतिनाथको दर्शन गर्न पुगेका थिए। दर्शन गरेर फर्केपछि काठमाडौंको राष्ट्रिय सभागृहबाट उनले पार्टीको घोषणा गरेका थिए । 

राजतन्त्र र हिन्दुराष्ट्रलाई मुख्य अजेन्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यो दौडमा पछि पर्ने कुरै भएन । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुअघि अर्थात गत माघ महिनामा मन्त्रीको शपथ लिनुअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र दीपकबहादुर सिंह पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । तर उनीहरु छोटो अवधिमै सरकारबाट बाहिरिनु पर्यो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !