site stats
बाह्रखरी :: Baahrakhari
देश
प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताए ।

Argakhachi Cement Island Ad

यस वर्ष स्वास्थ्य क्षेत्रमा केही बजेट कटौती भएको भन्दै भएका बजेटबाट पनि सबैले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिबाट आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेको बताए ।

वर्षको एकदिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएर मात्रै नहुने भन्दै उनले यस क्षेत्रको थप विकासका लागि वर्षदिन नै क्रियाशील हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि प्रयाप्त बजेटको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्