site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुरे र म्यामेरोन दोस्रो चरणमा 

काठमाडौं । बेलायतका र्यान पेनिस्टोनलाई हराउँदै एन्डी मुरेले विम्बल्डनको पहिलो चरणमा अपराजित यात्रालाई कायम राखेका छन् । 

दुई पटकका विजेता मुरेले वाइल्डकार्डमार्फत आएका पेनिस्टोनविरुद्ध सुस्त सुरुआत गरेका थिए । सेन्टर कोर्टमा पहिलो सेट ६–३ ले जितेका मुरेले दोस्रो सेट ६–०, तेस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारे । 

पेनिस्टोनविरुद्ध मुरेले सन् २०१४ पछिकै सबैभन्दा सहज जित निकालेका हुन् । उनले यसअघि विम्बल्डनको सन् २०१४ को संस्करणमा स्लोभानियाका ब्लाज रोलाविरुद्ध ६–१, ६–१, ६–० को जित निकालेका थिए । जितपछि पूर्वविश्व नम्बर एक मुरेले पछिल्लो समय शारीरिक र मानसिक रूपमा तयार रहेको बताए ।

यस्तै, १२औँ स्थानका बेलायती टेनिस स्टार क्यामेरोन नोरीले पनि टोमस माहाकलाई हराउँदै दोस्रो चरणमा स्थान पक्का गरे । नोरीले माहाकविरुद्ध ६–३, ४–६, ६–१, ६–४ ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro