site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको अवरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित 

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आप्पति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।

सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहित विरोधी रहेको एमालेको ठम्याइ छ । 

बैठक सुरु हुनासाथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पदमा रहन उपयुक्त नभएको भन्दै राजीनामा माग गरेका थिए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro