site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनसँग कोसीमा राप्रपाले माग्यो मुख्यमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेश सरकारको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो माग प्रस्तुत गरेको छ । सत्ता गठबन्धनसँगको छलफलमा उसले आलोपालो सरकार बन्ने भए पहिलो नेतृत्व आफूहरूले पाउनुपर्ने माग गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।

“आलोपालोमा चासो उहाँहरूको धेरै छैन । तर, पनि पहिले सरकार बन्छ भने हामीलाई नेतृत्व चाहिन्छ भन्ने उहाँहरूको बटमलाइन छ । छलफल भइरहेको छ,” कांग्रेसका एक नेताले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्रपाले कोसीमा गठबन्धन बन्छ भने केन्द्रमा पनि सरकारमा सहभागी गराउनुपर्ने पक्षबाट कुरा अघि बढाएको ती नेताले बताए । उनले भने, “उहाँहरूले प्रदेशमा मात्र होइन, केन्द्रमा पनि सरकारमा सहभागिताको विषयलाई पनि छलफलमा ल्याउनुभएको छ ।”

यता, राप्रपाका एक पदाधिकारीले पनि छलफल सकारात्मक भइरहेको बताए । आफूहरूले मध्यावधि नचाहेको भन्दै उनले विभिन्न विकल्पमाथि अध्यक्ष राजेन्द्र लिङ्देन चरणवद्ध छलफलमा रहेको जानकारी दिए ।

Global Ime bank

“विभिन्न विकल्पमा छलफल भएको छ । सहमत हुँदा पनि कसरी प्रस्तुत हुने, मध्यावधिमा गए के हुन्छ, शक्ति बाँडफाँटलगायत विषयमा छलफल जारी छ,” ती नेताले बाह्रखरीसँग भने ।

९३ सदस्यीय कोसी प्रदेशमा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । गठबन्धन दलसँग सभामुखसहित ४७ मत छ भने नेकपा (एमाले) र राप्रपा गरेर ४६ मत छ ।

राप्रपाले केही दिनअघि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई विश्वासको मत दिएको थियो । तर, त्यो अपुग भएपछि कोसीमा एमाले–राप्रपा सरकार ढलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement