site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको प्रष्टीकरण : मेरो अभिव्यक्तिलाई बबण्डर गर्न खोजियो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंहबारेको अभिव्यक्तिको प्रष्टिकरण दिएका छन् ।  एक पुस्तक विमोचनको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि अहिले आलोचना भइरहेको छ ।

उनले त्यसबारेमा क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा आफ्नो अभिव्यक्तिलाई मिलाएर बबण्डर गर्न खोजिएपछि केही हुनेवाला नरहेको चेतावनी दिए । 

“एउटा सी को किताब विमोचन गर्दै गर्दा उनले बोलेको कुरा मैले बोलेको हो । मेरो कुरा होइन । उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिक क्षेत्रमा पनि उहाँले चासो राख्नुुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ,” उनले भने, “कहिले दिल्ली कहिले नेपालको पार्टीसँग लाग्नुहुन्थ्यो उहाँको बारेमा भनेका कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिने वाला छैन ।” 

यसले विपक्षमा कति विक्षिप्तता, पूर्वाग्रह छ भन्ने देखिएको उनको भनाइ छ । उनले जसरी पनि प्रधानमन्त्री बनिएको उनको भनाइ छ । 

उनले ललिता निवासमा ठूलो सेटिङ भएको बताए । जनताको साथ भएपछि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । “हेर्दै जानुहोला अझै अगाडि बढिन्छ । छोडिँदैन । यसो गर्दै जाँदा जनताको साथ युवाको साथ हुँदै गएपछि कसैले हिलाउन सक्छ भन्ने लागेको छैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro