कला
काठमाडौं । नायिका रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र उपहार भदौबाट छायांकनमा जाने भएको छ । चलचित्रमा मुख्य भूमिकामा रहने एक महिला कलाकारको खोजी भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।
चलचित्रमा मुख्य अभिनेताको पनि खोजी भइरहेको निर्देशक देउजा बताउँछन् । मुकुन भुसाल, विपीन कार्कीलगायत सम्भावित कलाकार भएको उनको भनाइ छ ।
रेखा थापाको लगानी रहने चलचित्र सुलक्षण भारतीले लेखेका हुन् ।
लभस्टोरी सोसल ड्रामा जानरामा बन्ने चलचित्रमा महिला कलाकार लिड रोलमा हुनेछन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने चलचित्र महिलाको कथामा केन्द्रित हुनेछ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० ०८:२२
प्रतिक्रिया दिनुहोस्