site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै
Sarbottam CementSarbottam Cement

पाकिस्तान । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकोमा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका कासिफको एउटा खुट्टा काट्नुपरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

काशिफकी आमा जरिनाका अनुसार जे नहुनु पर्ने थियो त्यही भयो अर्थात् प्रहरीको नक्कली मुठभेडको शिकार बनेको आफ्नो छोराले खुट्टा गुमायो । प्रहरीले अनाहकमा काशिफलाई प्रहरी चौकीभित्रै खुट्टामा दुई पटक गोली हानेको थियो ।

समाचारपत्र डनले आज सार्वजनिक गरेको समाचारअनुसार प्रहरी चौकीमा काशिफको जस्तै नियति अन्य छ जनाले भोग्नुपरेको थियो । उनीहरूको अहिले लियाकत विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ ।

Global Ime bank

जाली मुठभेडमा ‘हाफ फ्राई र फुल फ्राई’ को क्रूर शासन चलेको छ । उच्च अधिकारीले हाफ फ्राईको आदेश दिए ‘खुट्टा भाँच्ने’ र फुल फ्राइ गर्न निर्देशन दिए ज्यान नै लिने गरिन्छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement