site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्डविरुद्ध ब्याटिङमा नेपालको मध्यम सुरुआत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डविरुद्ध ब्याटिङमा मध्यम सुरुआत गरेको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १२ ओभरको खेल समाप्त हुँदा एक विकेट गुमाएर ४३ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा ओपनर अर्जुन साउद २२ रनमा र ज्ञानेन्द्र मल्ल सात रनमा खेलिरहेका छन् । त्यसअघि, नेपालले अर्का ओपनर कुशल भुर्तेललाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

कुशल आउट हुँदा नेपालको स्कोरबोर्डमा २७ रन थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो ।

नेपालले यसअघि सातौँ स्थानका लागि भएको प्लेअफमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराएको थियो । आयरल्यान्डले भने प्लेअफमा अमेरिकालाई हराएको थियो ।

छनोटको समूह ’ए’मा रहेको नेपालले चार खेलमा एक जित र तीन हारको नतिजा निकालेपछि सुपर सिक्समा पुग्न असफल भएको थियो । यता, समूह ‘बी’को आयरल्यान्डले पनि चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोरेको थियो । दुवै टिमले समूहमा चौथो स्थान हासिल गरेका थिए ।

विश्वकप छनोटमा कुल १० टिम सहभागी थिए । छनोट प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान थिए ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गरेका हुन् । सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro